१८ मंसिर, काठमाडौं । इजी लिंक रेमिट्यान्सले दशैं तिहार उपहार योजनाका विजेता सार्वजनिक गरेको छ । योजनामा ऋषिराम ढकाल प्रथम पुरस्कार जितेका छन भने रोशन बिक्रम शाहले द्धितिय पुरस्कार जित्न सफल भएका छन् ।
बिजेतासँगै ढकालले जापान-नेपाल-जापान दोहोर हवाई टिकट जितेका छन भने शाहले जापान-नेपाल एकतर्फी हवाई टिकट जितेका छन् ।
इजी लिंकमन जापान प्रमुख तेज अर्याल, ट्रान्सरेमिट्यान्स (एलबिसी) का अध्यक्ष ताकाहासी र गैरआवासी नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष टासी वाङ्दी लामाले लक्की ड्र गरी विजेता छनौट गरेका थिए ।
कम्पनीका अनुसार उपहार योजनामा २६०० ग्राहकहरु सहभागी भएका थिए । रेमिट्यान्सका निर्देशक बुद्विराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जापान प्रमुख तेज अर्यालले शुभकामना मन्तव्य राखेका थिए । जापानमा छरिएर रहेका नेपालीलाई एकै ठांउ बनाउन यस रेमिट्यान्सले जापानको दश शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
एनआरएनए जापानको आकस्मिक कोष स्थापना अन्तर्गत ५ करोड योजनाका लागि पनि इजी लिंकले १ लाख जापानी येन सहयोग गर्ने अर्यालले घोषणा गरेका छन् ।
– See more at: http://www.onlinekhabar.com/2015/12/358367/#sthash.6h7XiceJ.dpuf