२३ कात्तिक, काठमाडौं । रेमिट्यान्स कम्पनी इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र जनता बैंककाचिफ मार्केटिङ अफिसर बिनय न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौतापछि विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम जनता बैंकका देशभरी रहेका ३६ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । इजी लिंकका प्रबन्धक खनालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज बनाउने विश्वास व्यक्त गरे ।
इजी लिंक रेमिट्यान्सले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएकवो छ । रेमिट्यान्स भुक्तानी सहज बनाउन कम्पनीले देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँगको सहकार्यलाई जोड दिएको छ ।
इजी लिंकले खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको प्रबन्धक खनालले जानकारी गराए ।
ज्नता बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंकमार्फत पठाएको रकम इजीका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने प्रबन्धक खनालले बताए ।
– See more at: http://www.onlinekhabar.com/2015/11/348288/#sthash.qGSyRY8k.dpuf