काठमाडौं, कात्तिक १९ । कृषि विकास बैंक लिमिटेड (Agriculture Development Bank Limited) र इजी लिंक रेमिट्यान्स प्रा.लि बीच विप्रेषण (Remit) कारोबारका लागि सम्झौता भएको छ । बैंकको मुख्य कार्यालय काठमाडौंमा आज कात्तिक १९ गते उक्त सम्झौता भएको हो ।
सम्झौतामा बैंक (ADBL) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र इजी लिंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरे । सम्झौता पश्चात कृषि विकास बैंकका कुनै पनि शाखाहरुबाट विदेश तथा स्वदेशमा बस्ने व्यक्तीहरुले जापान लगायत अन्य मुलकबाट सहज रुपमा विप्रेषण मार्फत रकमको आदन प्रदान गर्न सक्ने भै समग्र व्यवसायमा थप टेवा पुग्ने छ ।
कार्यक्रममा बैंकका उप–महाप्रबन्धकहरु शेषरमण आचार्य, नरेश कुमार रोक , विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, शाखा प्रमुखहरु अरुण कुमार भट्टराई, हिमलाल पौडेल, शा.अ.कृष्ण प्रसाद नेपाल, शा.अ.तारा न्यौपाने र श्री अहिला अमात्य समेतको उपस्थिती थियो ।