“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ देशमा रेमिट्यान्स भित्राउँदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र प्राइम कमर्सियल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्याल र प्राइम कमर्सियल बैंकका उप महाप्रबन्धक मोती काजी तुलाधरले हस्ताक्षर गरे ।
यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम प्राइम कमर्सियल बैंकका देशभरी रहेका ३२ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्याले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए ।
इजी लिंक रेमिट्यान्सले १७ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्राइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पारेको कम्पनीले जनाएको छ । साथै, अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन अघि बढिरहेको जानकारी सीईओ अर्यालले गराए ।
यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनाल ले जानकारी गराए ।